जिबी राईले आफूलाई एक करोड ८० लाख रुपैयाँ नदिएको लामिछानेको दाबी-Sutra News

जिबी राईले आफूलाई एक करोड ८० लाख रुपैयाँ नदिएको लामिछानेको दाबी

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चर्चामा भएजस्तो आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नगरिएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



ग्लोबल आएमई बैंकले दिएको पत्र सार्वजनिक गर्दै लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख नआएको बताए ।

उनका अनुसार बैंकमा चेक जम्मा गर्न स्लिप काटिएको भएपनि खातामा पैसा नभएको बताए । पैसा जम्मा गर्न खोजिएको तर, पैसा नभएको जम्मा नभएको हुनसक्ने उनले बताए ।

ग्यालेक्सी टेलिभिजन छाड्ने बेलामा लामिछानेले उक्त रकम लिएको भन्ने समाचार एक सञ्चार माध्यमले प्रकाशित गरेको थियो । जुन विषय चर्चामा आएपछि उनले पत्रकार सम्मेलन गर्दै पछिल्लो स्पष्टीकरण दिएका हुन् ।

लामिछानेले आफू हेडलाइनबाट नत्रर्सिने बताएका छन् । ाफूमाथि तथ्य तथा प्रमाणबिना नै सञ्चार माध्यमले समाचार तथा रिपोर्टहरु बनाइरहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट