राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक (भिडियाेसहित)-Sutra News

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक (भिडियाेसहित)

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

काठमाडाैं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।



क्यानडामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत र साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ ।

जिन्दगीको यात्रा भरी आफनो प्रेमीलाई सदैव आफ्नो साथमै राख्ने कुरालाई गीत व्यक्त गरिएको छ ।

आफूलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन् ।

गीतमा प्रेमील जाेडिबिचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायांकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।

यस्ताे छ गीतकाे भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट