फिल्म ‘भाइरल गोर्खे’ खेल्दै ऋषि धमला-Sutra News

फिल्म ‘भाइरल गोर्खे’ खेल्दै ऋषि धमला

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१
rishi dhamala

काठमाडौं । पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’ खेल्न अनुबन्धित भएका छन् । फिल्ममा शीर्षमध्ये एक भूमिकामा देखिने गरी उनी अनुबन्धित भएका हुन् । बिहीबार निर्माता पक्ष र धमलाबीच सहमति भएको छ ।



धमला फिल्ममा पत्रकारको भूमिकामा देखिने भएका हुन् । धमलाले यसअघि पनि फिल्ममा खेलिसकेका छन् । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरेका थिए ।

धमलाले पत्नी एलिजाको शीर्ष भूमिका रहेको फिल्म ‘अनुराग’ निर्माणसमेत गरेका थिए । यो फिल्मको छायांकन यसै सातादेखि लमजुङको भुजुङमा सुरु हुँदैछ । यसमा सौगात मल्लसहित सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।

स्रोतका अनुसार फिल्म खेल्नका लागि पत्रकार धमलाले करिब तीन लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट