चुनावी र्‍यालीमा बेहोस भएपछि मन्त्रीले दिए गर्मीलाई दोष-Sutra News

चुनावी र्‍यालीमा बेहोस भएपछि मन्त्रीले दिए गर्मीलाई दोष

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्‍यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् ।



सडक मन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस भएका थिए । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहेका थिए ।

घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकले उनलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखिएको छ । उक्त दिन मन्त्री गडकरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “र्‍यालीमा गर्मीका कारण मलाई असहज महसुस भयो, तर अहिले म पूर्ण स्वस्थ छु ।”

भारतीय मौसम विज्ञान विभागले बिहीबार आगामी पाँच दिनमा कम्तीमा नौ वटा पूर्वी र दक्षिणी राज्यमा भीषण गर्मीको अवस्था जारी रहने सम्भावना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट