फेरि बढ्यो सुनचाँदीको मूल्य-Sutra News

फेरि बढ्यो सुनचाँदीको मूल्य

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । स्थानीय बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ । लगातार तीन दिनको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार सुनचाँदीको मूल्य बढेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँको दरले बढेको छ । मूल्यबृद्धि भएसँगै बुधबार छापावाल सुनको मूल्य एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ३५ हजार तीन सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

बुधबार मूल्यबृद्धि भएसँगै सुनको मूल्य फेरि उकालो लाग्ने पनि सम्भावना बढेको देखिएको छ । महासंघका अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्य घटबढको प्रभाव स्थानीय बजारमा परेको हो ।

सुनको मूल्यमा भइरहेको घटबढको प्रभाव चाँदीको मूल्यमा पनि देखिएको छ ।

सुनको मूल्य बढेसँगै बुधबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । मूल्यबृद्धिसँगै बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार छ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट