खान योग्य छैन चौधरी समूहको ‘वाई वाई चाउचाउ’-Sutra News

खान योग्य छैन चौधरी समूहको ‘वाई वाई चाउचाउ’

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । चर्चित तथा विवादित चौधरी समूहका प्रत्येक उत्पादन तथा सेवामाथि प्रश्न उठ्ने गरेको छ । उत्पादनमा गुणस्तरीयतालाई ध्यान नदिइ जनताको स्वास्थमाथि खेलबाड गर्ने गरेको र सेवा जनतालाई लुट्ने शैलीको भएको आरोप चौधरी समूहमाथि लाग्ने गरेको छ ।



यहीबीच चौधरी समूहको मूख्य ब्राण्डको रुपमा स्थापित वाई वाई चाउचाउ गुणस्तरहिन भएको भेटिएपछि कारबाहीमा परेको छ । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले गरेको अनुगमनमा वाई वाई चाउचाउमा अखाद्य वस्तु भेटिएपछि कारबाहीमा परेको हो ।

महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले जनाएअनुसार चाउचाउमा निम्न गुणस्तरको पाम तेल प्रयोग गरिएको भेटिएको छ । महानगरले जनाएअनुसार निम्न गुणस्तरको पाम तेल प्रयोग गरी बनाइएको चाउचाउ खानका निम्ति निकै हानीकारक छ ।

खान अयोग्य देखिएपछि महानगरले केही दर्जन कार्टुन चाउचाउ पनि बरामत गरी नष्ट गरेको छ । सँगै महानगरपालिकाले चौधरी समूहलाई पहिलो चरणमा चेतावनी दिँदै कारबाही स्वरुप दुई लाख जरिवाना पनि गराइएको छ ।

महानगरपालिकाले जनाएअनुसार बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम कसुर देखिएकोले ऐनको दफा ३० को उपदफा (१) को खण्ड (ख) बमोजिम २ लाख जरिवाना गरेको हो ।

यसअघि धरान उपमहानगरपालिकाले पनि चाउचाउ गुणस्तरहिन भएको पाइएपछि चौधरी समूहमाथि कारबाही गरेको थियो । धरान उपमहानगरले पनि चौधरी समूहलाई २ लाख ५० हजार जरिवाना तिराएको थियो ।

धरान उपमहानगरले गरेको परीक्षणमा वाईवाई चाउचाउमा निकै अखाद्य वस्तु मिसाएको भेटिएको थियो । साथै, धरान उपमहानगरले पुनः परीक्षण गर्दा कैफियत भेटिएमा धरानभित्र चाउचाउ नै बिक्री गर्न नदिने निर्णय गरेको थियो ।

धरान उपमहानगरपालिकाले गरेको परीक्षण रिपोर्टअनुसार चाउचाउमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु १ भन्दा बढी नहुनुपर्नेमा २.८५ भेटिएको थियो । जुन खानका लागि पूर्ण अयोग्य हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट