गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, यी दलले मात्रै दिँदैछ साथ-Sutra News

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, यी दलले मात्रै दिँदैछ साथ

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् ।



दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट