sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

ओलीको अग्निपरीक्षा आज, विश्वासको मत कसले दिदैछन् ?

ओलीको अग्निपरीक्षा आज, विश्वासको मत कसले दिदैछन् ?

images

सूत्र न्यूज

२७ बैशाख २०७८
  • 276
    SHARES
  • ओलीको अग्निपरीक्षा आज, विश्वासको मत कसले दिदैछन् ?

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

    कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

    अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

    ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन ।

    संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ । एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ ।


    प्रकाशित :बैशाख २७, २०७८ सोमवार - ०६:५९:३४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.