प्रतिनिधिसभा निर्वाचन नतिजा आउने क्रम जारी छ । केही राजनीतिक दलहरु राष्टिय दल बन्ने पक्कापक्की भइसकेको छ । त्यस्तै कुनै दल हुने क्रममा मत कुरेर बसिरहेका छन् ।
राष्ट्रिय दल हुँदा या नहुँदा के फरक पार्ला भन्ने विषयले धेरैको ध्यान तानेको हुन सक्छ ।
सेवा सुविधाको कुरा गर्ने हो भने राष्ट्रिय दल हुनु या नहुनुले केही फरक पार्दैन ।
राष्ट्रिय दल नभए पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने व्यवस्था छ ।
छ। त्यस्तै १० भन्दा बढी सिट भएका दलहरूले सचेतकका लागि सचिवालय र सुविधा पाउँछन्।
राष्ट्रिय दल नभए पनि आवश्यकताअनुसार पार्टीका सांसदहरुलाई ह्वीप लगाउन पनि सकिन्छ । यो व्यवस्था यो भन्दा अगाडीको संसदीय अभ्यासमा लागु भइसकेको छ ।
प्रतिक्रिया