Logo

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं – सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ११:५१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट