Logo

ह्वात्तै घट्यो सामसङ ए२३ को मूल्य, कति पुग्यो ?



ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए२३ को मूल्य घटाएको छ । कम्पनीले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ए२३ को मूल्य दुई हजारले घटाइएको हो । यो सँगै ग्यालेक्सी ए२३ (६ जिबी र्‍याम र १२८ जिबि रोम) को नयाँ मूल्य २९ हजार ९ सय ९९ कायम भएको छ ।

त्यस्तै ४ जिबी/६४ जिबी भेरियन्टको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । सामसङ ग्यालेक्सी ए२३ मा  स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ । एण्ड्रोइड १२ र वान् युआई ४.१ मा आधारित फोनमा ६.६ इन्चको फुल एचडी डिस्प्ले रहेको छ ।

वाटरड्रप नच डिस्प्ले युक्त फोनमा ४ ओटा क्यामरा रहेका छन् । जसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामेरा रहेको छ ।

फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । साथै फास्ट चार्जिङका लागि फोनले २५ वाट सम्म सपोर्ट गर्ने जनाइएको छ । तर, फोन खरिद गर्दा बक्समा भने १५ वाटको एडप्टर प्राप्त हुनेछ । टेकपाना

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार २१:३५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट