Logo

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन लुम्बिनी इकाई अध्यक्षमा पाण्डे सर्वसम्वत



बुटवल – नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिइएएन)को लुम्बिनी ईकाईको चौथो अधिवेशनले आगामी दुई बर्षको लागि अध्यक्षमा चिरन्जिबी पाण्डेलाई निर्वाचित गरेको छ।

यसअघि पनि पाण्डे नै संस्थाको अध्यक्षमा चुनिएका थिए।

शनिबार बुटवलमा सम्पन्न भएको अधिवेशनले पाण्डेलाई सर्वसम्वत चयन गरेको हो।

पाण्डेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा समित रेग्मी ,उपाध्यक्षमा दिवाकर पौडेल ,सचिवमा सन्तोष नाउ ,सह -सचिबमा राजु भण्डारी ,सह -कोषा-ध्य्क्षमा राजेन्द्र कार्की चयन भएका छन।

यस्तै सदस्यहरुमा मनोज भट्टराई ,युवराज डुम्रे ,,कपिल ज्ञवाली ,चन्द्र प्रकास ठाकुर ,बिष्णु प्रसाद आचार्य ,र गणेश गिरी चयन भएका छन।

कार्यक्रमका प्रमुख अतिथि (पिइएएन)का अध्यक्ष गान्धी प्रसाद शर्मा रहेका थिए। स्वागत मन्तब्य (पिइएएन)सचिब समित रेग्मीले गरेका थिए भने कार्यक्रमको संचालन सन्तोष नाउले गरेका थिए।

कार्यक्रममा (पिइएएन)का सस्थापक अध्यक्ष हरिहर भन्डारी तथा निवर्तमान अध्यक्ष टंक पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले आ-आफ्नो भनाइ राखेका थिए।

No description available.
नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन लुम्बिनी इकाई नवनिर्वाचित अध्यक्ष चिरन्जिबी पाण्डे

 

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १२:१०


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113