फ्राईडे रिलिज : हलमा ‘बोक्सीको घर’-Sutra News

फ्राईडे रिलिज : हलमा ‘बोक्सीको घर’

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको यो फिल्म प्रदर्शनमा आएको हो ।



नाटकमा आधारित भएर बनेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । लेखन पनि निर्देशक स्वयंको छ । फिल्ममा केकी र सुलक्षणका अलवा  शुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

‘बोक्सीको घर’ प्रति प्रदर्शकहरु आशावादी देखिएका छन् । यसैले, यस फिल्मलाई प्रदर्शकहरुले उच्च शो दिएका छन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ ।

यस्तै, काठमाडौंको बीग मुभिजले पनि यो फिल्मलाई ५ शो दिएको छ । कालिमाटीमा रहेको वान सिनेमाज्ले पनि फिल्मलाई ५ शो दिएको छ । अन्य फिल्म हलले पनि ‘बोक्सीको घर’लाई उच्च शो प्रदान गरेका छन् । अन्य फिल्म रिलिज नहुँदाको फाइदा यसले उठाएको छ ।

फिल्मले राम्रो शो पाउनुको कारण ‘बुझिन मैले’ बोलको गीत चर्चामा रहनु हो । जसकाकारण, फिल्म हेर्नका लागि महिला दर्शकको उपस्थिति बाक्लो हुने अपेक्षा गरिएको छ ।

केकीकै होम प्रोडक्शनबाट निर्माण भएको फिल्मको निर्मातामा बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन्। बद्री केकीका बुवा हुन् । जो अग्रज नाट्यकर्मी तथा निर्देशक पनि हुन् ।

८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई प्रस्तुत गरिएको छ । सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कूप्रथालाई चित्रण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट