आदित्य र अनन्याको ब्रेक-अप !-Sutra News

आदित्य र अनन्याको ब्रेक-अप !

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौँ । बलिउड अभिनेता आदित्य रोय कपुर र अभिनेत्री अनन्या पाण्डेको अफेयर चलिरहेको लामो समयदेखि अफवाह थियो । अफेयरको अड्कलसँगै यी दुवै जनाले बिहे गर्न लागेको खबर समेत आउन थालेका थिए । यही अनुमानका बीच यतिबेला भने उनीहरूको ब्रेकअप भएको समाचारहरू सार्वजनिक भइरहेका छन् ।



भारतीय मिडियामा दुई वर्षदेखि सम्बन्धमा रहेका आदित्य र अनन्याको ब्रेक भएको खबर सार्वजनिक भएका छन् । जसमा उनीहरूका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका हुन् ।

यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक पोस्ट सेयर गरेकी थिइन्, सोही पोस्टका कारण पनि उनीहरूको ब्रेकअपको हल्लाले तीव्रता लिएको थियो । त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि उ तिम्रो हो भने अवश्य फर्किनेछ । यो सबै तिमीलाई पाठ सिकाउन को लागी हो । तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि उ तिम्रो हो भने फर्केर आउनेछ । यदि तपाईँ विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाईँको हो । किनभने यो तपाईँको लागि बनाइएको थियो, तर यो तपाईँको भाग कहिल्यै छैन । यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन ।’

अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सार्वजनिक रूपमा भने यी दुवैले आफ्नो अफेयर र ब्रेकअपका बारेमा अहिलेसम्म स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट