छायांमा परेका पात्रलाई फिल्म ‘मनसरा’को प्रोत्साहन-Sutra News

छायांमा परेका पात्रलाई फिल्म ‘मनसरा’को प्रोत्साहन

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो सोसल ड्रामा फिल्म ‘मनसरा’ यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट ‘वर्डअफ माउथ’ सहित प्रदर्शन भइरहेको छ ।



गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायांमा परेका पात्रलाई प्रोत्साहन गरिरहेको छ । गत बुधबार आयोजित फिल्म  प्रिमियर शोमा लामो समयदेखि फिल्मको पर्दा पछाडि रहेर काम गरिरहेका २ जना प्राविधिकलाई नगद राशि सहित सम्मान गरेको थियो । यसैबीच शनिबार सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा सहकार्य गरेको थियो । फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्काको प्रवर्द्धनका हेतुले ‘मनसरा’ टिमले क्यानसँग सहकार्य गरेको थियो ।

जसको अन्तिम दिन शनिबार फिल्मको टिमले ग्राउण्डमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको छ । आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफूहरूले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माण शैलेन्द्र डी कार्कीले बताए । आफूहरूको प्राथमिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्ने र उनीहरूलाई प्रोत्साहनको जरुरी रहने बुझेकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको बताए ।

मिश्रित समाजको कथा भन्ने यो फिल्मका लेखक निर्देशक सुब्बा स्वंयम नै हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरूको नोकझोक र प्रेमलाई देखाएको यो फिल्ममा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुना मगरसँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि फिल्ममा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ । फिल्म हेर्ने प्रायः दर्शकले प्रवीण खतिवडाको अभिनय रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट