डेढ किलाे सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ-Sutra News

डेढ किलाे सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले करिब डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेकाे छ ।



विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित सात जनालाई पक्राउ गरेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको जनाइएकाे छ ।

जसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिएकाे रेग्मीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट