पार्टी फुटेपछि विदेशबाटै उपेन्द्र यादवले बोलाए बैठक-Sutra News

पार्टी फुटेपछि विदेशबाटै उपेन्द्र यादवले बोलाए बैठक

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक आह्वान गरेका छन् । उनले कतारबाटै नेताहरूलाई फोन गरेर संसदीय दलको बैठक आह्वान गरेका हुन् ।



अमेरिकाको न्युयोर्कमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार अमेरिका गएका यादव आइतबार कतार पुगेका थिए । उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका यादव नेतृत्वको पार्टी फुटेसँगै उनले विदेशबाट नै बैठक बोलाएका हुन् ।

यादव नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो । राई नेतृत्वको समूहले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ ।

यादव कतार एयरलाइन्सको जहाजबाट नेपाली समयअनुसार मंगलबार राति १ बजे स्वदेश आइपुग्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट