नेप्सेमा रोकिएन पहिरो : अधिकांश कम्पनीको मूल्य घट्दा कारोबार रकम ह्वात्तै घट्यो-Sutra News

नेप्सेमा रोकिएन पहिरो : अधिकांश कम्पनीको मूल्य घट्दा कारोबार रकम ह्वात्तै घट्यो

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । सोमबार १५.६२ अंकले घट्दै बजार १९५८.७५ को बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.७९ प्रतिशतले घट्यो ।



बजार घट्दा नेप्सेका सबैजसो सूचकहरु राताम्मे बने । विकास बैंकमा झिनो अंकले बृद्धि भएपनि अन्य सूचकहरुमा उच्च अंकले गिरावट आयो ।

स्टक एक्सचेन्जका अनुसार कारोबारमा आएका २४५ कम्पनीमध्ये १७७ कम्पनीको मूल्य घट्यो । ६२ कम्पनीको मूल्यमा भने सामान्य सुधार भएको स्टक एक्सचेन्जले जनाएको छ ।

निरन्तर ओरालोको बीच शेयर बजारमा कारोबार रकम पनि ह्वात्तै घटेको छ । निरन्तर तीन अर्ब माथि कारोबार भइरहेको बजारमा कारोबार रकम दुई अर्ब मुनि झरेको छ ।

सोमबार ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको भयो । जुन केही दिन यताकै कम रकम हो ।

यस दिन सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, पोखरा फाइनान्सलगायतको कारोबार उच्च रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट