न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, पक्राउ पर्नेमा चार नेपाली, तीन भारतीय-Sutra News

न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, पक्राउ पर्नेमा चार नेपाली, तीन भारतीय

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । उपत्यका अपराध अनुुन्धान कार्यालयले कामठाडौंको न्यूरोडबाट समातिएको सुन र रकम सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सुन र रकमसहित पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो ।



पक्राउ परेका सात जनाबाट एक केजी ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ रकम बरामत भएको जनाइएको छ । विशेष सूचनाका आधारमा बिहीबार काठमाडौं न्यूरोडबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा चार नेपाली र तीन भारतीय छन् ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल छन् । यस्तै, भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पनि पक्राउ परेका छन् ।

सम्बन्धित समाचार

डेढ किलाे सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट