सञ्जय दत्त र तमन्ना भाटियालाई साइबर सेलले किन अप्ठ्यारोमा पार्‍यो ?-Sutra News

सञ्जय दत्त र तमन्ना भाटियालाई साइबर सेलले किन अप्ठ्यारोमा पार्‍यो ?

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री तमन्ना भाटियालाई महाराष्ट्र साइबर सेलले हाजिर हुन पत्र पठाएको छ । उनीहरुलाई अनलाइन गेमिङ र बेटिंग एपसँग सम्बन्धित फेयरप्ले एपको विषयमा सोधपुछका लागि हाजिर हुन पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।



महाराष्ट्र साइबर विभागले भाटियालाई २९ अप्रिलमा हाजिर हुन भनेको छ। उनलाई आईपीएल अर्थात इन्डियन प्रिमियर लिगका खेल अवैध रूपमा स्ट्रिमिङ गरेको मामिलामा सोधपुछ गरिने बताइएको छ ।

साइबर सेलका अनुसार यस मुद्दामा तमन्नाको बयान लिइनेछ । अभिनेत्रीलाई फेयरप्लेका लागि कसले सम्पर्क गर्यो र त्यसका लागि कति पैसा पाएको भनेर सोधिने बताइएको छ । यसअघि अभिनेता सञ्जय दत्तलाई पनि बोलाइएको थियो तर उनले नयाँ मिति मागेका थिए ।

अभिनेता सञ्जय दत्तलाई पनि यस प्रकरणमा २३ अप्रिलमा बोलाइएको थियो । सञ्जय मुम्बईमा नभएका कारण प्रहरीमा उपस्थित नभएको भन्दै समय मागेको बताइएको छ ।

जसका कारण भियाकम एटिन मिडिया प्रालिलाई करोडौं रुपैयाँ घाटा भएको बताइएको छ । भियाकम एटिन मिडियाद्वारा गत वर्ष सेप्टेम्बरमा उजुरी दर्ता गरिएको थियो, त्यसपछि एफआईआर दर्ता गरिएको थियो। फेयरप्ले प्लेटफर्मले गैरकानूनी रूपमा आईपीएल स्ट्रिम गरिरहेको गुनासो आएको थियो, जसका कारण भियाकम एटिन मिडियालाई १०० करोड घाटा भएको थियो।

यसअघि सोही केसमा महाराष्ट्र साइबर सेलले गायक बादशाह र ज्याकलिन फर्नान्डेजका म्यानेजरहरूको बयान रेकर्ड गरेको थियो । यी तीनजना सेलिब्रेटीले फेयरप्ले एपको प्रचार गरेका थिए । महादेव एप अवैध लेनदेन र सट्टेबाजीको लागि विभिन्न अनुसन्धान एजेन्सीहरूको स्क्यानरमा छ।

फेब्रुअरी २०२३ मा, टाइगर श्राफ र नेहा कक्कडसहित बलिउडका धेरै सेलिब्रेटीहरू युएई शहर रस अल खैमाहमा आयोजित एक विलासी विवाहमा सहभागी भएका थिए । सो विवाहमा करिब २०० करोड भारु खर्च भएको र सम्पूर्ण भुक्तानी हवाला वा नगदमा गरिएको बताइएको छ ।

यो विवाहपछि सौरभ र उनको महादेव बेटिंग एप अनुसन्धान एजेन्सीको रडारमा आएका थिए । सोही विषयमा ईडीले रणवीर कपूर र कपिल शर्मा जस्ता सेलिब्रेटीहरूलाई पनि समन पठाएको थियो । यस मामिलामा अहिलेसम्म दर्जनौं बलिउड सेलिब्रेटीको नाम बाहिर आएको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट