टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने-Sutra News

टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा बन्न लागेको सिरिजको शुक्रबार राजधानीमा शुभमुहूर्त गरिँदै यस बारेमा जानकारी दिइएको हो ।



नेपाली फिल्मकी पुरानी निर्मात्री प्रज्ञा जोशीको निर्देशन रहने टेलिसिरिजमा उनीसँगै विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ ।

सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन छ ।

प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् ।

उनले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दुर’ हिट टेलिसिरियलमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट