गण्डकीका मुख्यमन्त्रीले थपे दुई मन्त्री-Sutra News

गण्डकीका मुख्यमन्त्रीले थपे दुई मन्त्री

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल विस्तार गरेका छन् । विश्वासको मत लिएसँगै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।



मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन् । उनले आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवै जनालाई पुनः मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्रीले कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दासलाई मन्त्री नियुक्त गरेका हुन् । गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट