sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

संखुवासभा घटनामा फेरी नयाँ मोड- थप ४ जना प्रहरीको नियन्त्रणमा

संखुवासभा घटनामा फेरी नयाँ मोड- थप ४ जना प्रहरीको नियन्त्रणमा

सूत्र न्यूज

३ आश्विन २०७८
  • 996
    SHARES
  • काठमाडौँ । संखुवासभाको मादी नगरपालिका खोलागाँउस्थित कार्की परिवार हत्याकाण्डको अनुसन्धानमा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    अनुसन्धानका क्रममा थप तथ्य पत्ता लाग्दै गएपछि थप ४ जनालाई नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

    घटनाको अनुसन्धानमा अहिले विभिन्न प्रहरी खट्ने क्रम जारी रहेको छ । केही दिनअगाडी आफूलाई हत्यारा स्वीकारेका लोकबहादुरका भाई पनि पक्राउ परेका थिए । पक्राउ गरिएकाको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको बताइएको छ ।

    धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा दुई बालबालिका सहित ६ जनाको शव भेटिएको थियो । 

    मृत्यु हुनेमा ५६ वर्षीय तेजबहादुर, उनकी बृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन् । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमति ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको थियो ।


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - १२:५२:४८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.