नेपालसँग भिड्दै विश्व विजेता वेस्ट इण्डिज, जित निकाल्न नेपाललाई कति सहज ?-Sutra News

नेपालसँग भिड्दै विश्व विजेता वेस्ट इण्डिज, जित निकाल्न नेपाललाई कति सहज ?

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । नेपाल र दुई पटकको विश्व विजेता टोली वेस्ट इण्डिजको ए टोलीबीच पाँच म्याचको टी २० सिरिज सुरु आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।



कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुने खेलमा नेपाली टोली नियमित कप्तान रोहित पौडेलको कप्तानीमा खेल्ने भएको हो । वेस्ट इण्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार मात्रै तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थप्दै २० सदस्यीय टोली बनाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी २० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ । त्यो डेडलाइनअघि नेपालले वेस्ट इण्डिज एविरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्ने छ ।

नेपाली टोली

रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल,गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट