जुम्लामा भीरबाट लडेर ७० भेडा मरे-Sutra News

जुम्लामा भीरबाट लडेर ७० भेडा मरे

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् ।



स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राति भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए । मगे र सिउल दाजुभाइ हुन् ।

अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाइ घर खर्च धान्नेबारे चिन्तामा छन् ।

पीडित भेडा रावत दाजुभाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट