मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जना घाइते-Sutra News

मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।



धनगढी उपमहानगर ४ सहिद गेटमा आज धनगढी ४ का कुवेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट धनगढी ४ की मञ्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा दुवै चालक घाइते भएका छन् । घाइते भएका मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट