नक्कली नोटसहित महिला पक्राउ-Sutra News

नक्कली नोटसहित महिला पक्राउ

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । जाजरकोटमा नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा छेडागाड नगरपालिका १० काफ्ला बस्ने ३२ वर्षीया विपना बुढा रहेकी छन् । नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान उनलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट