उपनिर्वाचन: इलाम–२ मा मतदान सुरु-Sutra News

उपनिर्वाचन: इलाम–२ मा मतदान सुरु

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१
इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि माङसेबुङ गाउँपालिका २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू । तस्बिर :रामकुमार लिम्बू / रासस,

काठमाडौं । इलाम–२ मा मतदान सुरु भएको छ । सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।



शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनको भनाइ थियो ।

यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट