चट्याङ लागेर महिलाको मृत्यु-Sutra News

चट्याङ लागेर महिलाको मृत्यु

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



मंगलबार चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट