माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन-Sutra News

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । उनको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो ।



माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै सल्लाहकार खड्काको निधनले सिंगो पार्टी स्तब्ध भएको जनाएका छन् । माओवादीले भनेको छ, ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ, राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ ।’

२००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए ।

खड्का २०६४ सालमा नेकपा माओवादी केन्द्रमा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका चार छोरीहरू छन् ।

सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट