युके पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ-Sutra News

युके पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । युके पठाइदिन्छु भन्दै पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका २ घरका ३० वर्षीय विधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।



कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भएका थिए । उनले ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं मीनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट