ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट सञ्चालक पक्राउ-Sutra News

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट सञ्चालक पक्राउ

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगर २७ तालचोकस्थित सात ताल दोहोरी साँझ तथा रेष्टुरेण्टका सञ्चालक सोही महानगर ३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।



उक्त रेष्टुरेण्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो ।

उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट