सुनसरीबाट एक क्विण्टल गाँजा बरामद-Sutra News

सुनसरीबाट एक क्विण्टल गाँजा बरामद

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विण्टल गाँजा बरामद गरेको छ ।



सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, बोर्डर आउट पोस्ट साहेबगञ्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति उक्त गाँजा बरामद गरेको हो ।

सुनसरी जिल्लाको बर्जु गाउँपालिका ४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपेर राखेको तीन बोरा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजी गर्दा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट