फेरि ‘डिपफेक’को सिकार भइन् आलिया भट्ट-Sutra News

फेरि ‘डिपफेक’को सिकार भइन् आलिया भट्ट

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । पछिल्लो समय ‘डिपफेक’ भिडियोेको चर्चा निकै हुने गरेको छ । मानिसहरुलाई बहकाउनका लागि विश्वभर डिपफेक प्रविधिबाट तयार पारिएका भिडियोको प्रयोग धेरै हुन थालेको छ । डिपफेकको चरम दुरुपयोग हुँदा सेलिब्रेटीहरुको करिअरमासमेत गम्भीर असर गरिरहेको छ । यस्तैमा, बलिउड अभिनेत्री आलिया भट्ट फेरि एकपटक डिपफेकको सिकार भएकी छिन् ।



केही समयअघि रश्मिका मन्डन्ना, कट्रिना कैफ, काजोललगायत धेरै अभिनेत्रीहरू डीपफेकको सिकार भएका थिए । आलिया भट्टको हालैको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसमा उनको अनुहार वामिका गब्बीको अनुहारबाट बदलिएको देख्न सकिन्छ ।

आलियाको नयाँ डिपफेक भिडियो एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडियोमा आलियाको अनुहार फिट गरिएको छ । वामिकाले यो भिडियो केही दिन अघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेकी थिइन् । यो भिडियोमा उनी रातो साडी लगाएकी देखिएकी छिन् । वास्तवमा यो लुकमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘हिरामाण्डी’ को स्क्रिनिङमा पुगेकी थिइन् ।

कसैले यो भिडियोसँग छेडछाड गरेर यसमा आलियाको अनुहार लगाएर भाइरल बनाएको छ । अब आलियाको नक्कली भिडियो बाहिर आएसँगै एआई प्रविधिको फेरि आलोचना भइरहेको छ ।

यसअघि पनि आलिया भट्टको एउटा डिपफेक भिडियो सार्वजनिक भएको थियो । उक्त डिपफेक भिडियोमा सेतो र नीलो फ्लोरल ड्रेस लगाएकी एउटी युवती बोल्ड पोज दिएको देखिएकी थिइन् ।

भिडियोमा एआई टुलको सहयोगमा आलियाको अनुहार यति स्पष्ट प्रयोग गरिएको छ कि एक नजरमा केटी आलिया भट्ट जस्तै देखिन्छन् । तर, उनको एक्सन र बडी पोष्टबाट यो भिडियो नक्कली हो भन्ने अनुमान गर्न सकिन्छ ।

डिपफेक कसरी बनाइन्छ ?

आर्टिफेसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा कुनै व्यक्तिको अनुहार, बोली र हाउभाउ दुरुस्तै हुने गरी भिडियो बनाउने प्रविधिलाई डिपफेक भनिन्छ । यो पत्ता लगाउन निकै मुस्किल हुन्छ । कुन सन्देश वा भिडियो, सही हो वा झुट भन्नै सकिन्न ।

डिपफेक दुई नेटवर्कहरूको मद्दतले सिर्जना गरिन्छ, जसमा एउटा एन्कोडर र अर्को डिकोडर नेटवर्क हो । इन्कोडर नेटवर्कले स्रोत सामग्री (मूल भिडियो) को विश्लेषण गर्छ र त्यसपछि डेटा डिकोडर नेटवर्कमा पठाउँछ ।

त्यसपछि फाइनल आउटपुट आउँछ, जुन ठ्याक्कै मौलिक जस्तै हुन्छ तर वास्तविकतामा नक्कली हुन्छ । डिपफेकका लागि धेरै वेबसाइट र एपहरू छन्, जहाँ मानिसहरूले डिपफेक भिडियोहरू सिर्जना गरिरहेका छन् ।

अहिले संसारभर यस किसिमका हजारौँ गतिविधि भइरहेका छन् । कतिबेला को डिपफेकको सिकार हुन्छन्, भन्न सकिन्न । त्यसैले यसबारे सरोकारवाला निकाय र सामाजिक सञ्जाल प्रयोगकर्ता बेलैमा सहजक र सतर्क हुन आवश्यक छ ।

 

View this post on Instagram

 

A post shared by Sameeksha Avtr (@unfixface)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट