आज शनिबार तपाइँकाे दिन कस्ताे ? हेर्नुहोस् राशिफल-Sutra News

आज शनिबार तपाइँकाे दिन कस्ताे ? हेर्नुहोस् राशिफल

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

आज मिति २०८१ वैशाख १५ गते शनिबार । सन् २०२४ अप्रिल २७ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

विभिन्न अवसरले पछ्याउने दिन छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् भने व्यापार व्यवसायमा फाइदा होला । तपाईंको प्रतिभाले अरुलाई आकर्षित गर्नेछ । आरोग्यता रहनेछ । आफन्तसुख प्राप्त होला । पराक्रम बढ्ने र साथीभाइको साथ प्राप्त हुने योग छ । यात्रामा सफलता प्राप्त होला ।

बृष

समय अलिक प्रतिकुल रहन सक्छ, सावधान रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्नेछ । सहयोगीहरू समेत प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । अनियन्त्रित बोलीले समस्या उत्पन्न गर्न सक्छ । आरोग्यता रहनेछ । आफन्तको सहयोग प्राप्त होला ।

मिथुन

आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने समय छ । आजको दिन आफन्तहरू भने टाढिएको महसूस होला । निकटतम् सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । मान महत्व बढ्नेछ र सुख शान्ति प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न भइहाल्नेछ ।

कर्कट

काममा उत्साह थपिने दिन छ । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा प्रसिद्धि बढ्ला । आम्दानी बढ्ने योग छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्ला । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने समय छ । रोकिएका काम बन्नेछन् तर काम बने पनि कार्यबोझ थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । आरोग्यता रहनेछ । सुख वृद्धि होला । शुभता बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या

आजको दिन मिश्रित फलदायी रहला । मौसमी रुघाखोकी तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । मिठो भोजन प्राप्त हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मनोकूलको काममा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

तुला

रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौती देखापरेपनि कोसिस गर्दा अवसर मिल्न सक्छ । रसरागको भाव बढ्ला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक

समय लाभदायक देखिन्छ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । व्यावसायिक काममा राम्रै फाइदा हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । शुभ समाचार प्राप्त हुनेछ । आयस्रोत वृद्धि हुनेछ । समयले साथ दिनेछ ।

धनु

व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिएला । सामान्य चोटपटक लाग्न सक्छ, सावधान रहनु हितकर होला ।

मकर

आकस्मिक खर्च बढ्ने दिन छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

विस्तारै अनुकूलता बढ्नेछ र पनि आँटेका काम मुस्किलले बन्नेछन् । खर्च अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । सन्तानसुख बढ्नेछ ।

मीन

रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका मिल्न सक्छ । उत्तरार्द्ध भन्दा पूर्वार्द्ध बढी अनुकूल रहला । दामपत्यसुख बढ्नेछ । भोगविलासमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट