भारी वर्षाले पहिरो जाँदा १३ जनाको मृत्यु-Sutra News

भारी वर्षाले पहिरो जाँदा १३ जनाको मृत्यु

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१
फाइल तस्बिर

काठमाडौं । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा आएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघका मानवीय सहायताकर्मीले बताएका छन् ।



मानवीय मामिला समन्वयका लागि राष्ट्र संघीय कार्यालय (ओसिएचए)ले स्थानीय अधिकारीले क्याप-हाइटेनमा पहिरोमा परी १३ जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ ।

पोर्ट-ओ-प्रिन्सको राजधानीमा घातक गिरोह हिंसाबाट भागेका धेरै मानिसले देशको उत्तरतर्फ सुरक्षा माग गरेका छन् । यसमा मुलुकको उत्तरी तटसँगै क्याप-हाइटियन क्षेत्र पनि सामेल छ ।

आगामी दिनमा राजधानीलगायत अन्य भागमा थप वर्षा र बाढी आउने ओसिएचएले जनाएको छ । यी भागमा जारी हिंसाबाट विस्थापित मानिसले भारी वर्षाअघि सरसफाइ चुनौतीको सामना गरिरहेका थिए ।

ओसीएचएले राजधानीमा भएको हिंसासँग सम्बन्धित विज्ञप्तिमा हाइटीका अन्तरिम मानवीय संयोजक ब्रुनो मेसले सोलिनो छिमेक र पोर्ट-ओ-प्रिन्सको वरपरका क्षेत्रमा बारम्बार आक्रमणको गहिरो मानवीय प्रभावको कडा निन्दा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट