लक्ष्मी सन्‌राइज बैंकको काठमाडाैं उपत्यकाभित्र दुई वटा शाखा स्थानान्तरण-Sutra News

लक्ष्मी सन्‌राइज बैंकको काठमाडाैं उपत्यकाभित्र दुई वटा शाखा स्थानान्तरण

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडाैं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्नो दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ ।



काठमाडौं महानगरपालिका- १७ खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडाैंको नागार्जुन नगरपालिका- १६ स्थित खरिबोट, बनस्थलीमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी काठमाडाैं महानगरपालिका-२६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहर”ले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट