चालक दलका सदस्य विरामी भएपछि एयर इण्डियाका ७० उडान रद्द-Sutra News

चालक दलका सदस्य विरामी भएपछि एयर इण्डियाका ७० उडान रद्द

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । बुधबार एयर इण्डिया एक्सप्रेसका ७० वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडान वरिष्ठ चालक दलका सदस्यहरू विरामी भएर बिदामा बसेसँगै रद्द वा ढिलाइ भएका छन् ।



एयर इण्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य विरामी भएको कारण जनाएको छ ।

भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मंगलबारदेखि सुरु भएको यो समस्या बुधबार बिहानसम्म जारी रहेको थियो । नागरिक उड्डयन अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेका छन् ।

स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडान अघि केही वरिष्ठ चालक दलका सदस्यले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन् ।

वैकल्पिक पाइलट उपलब्ध नभएकाले उडान रद्द गर्नु परेको थियो । एयर इण्डिया एक्सप्रेसले परिस्थितिको मूल्यांकन गरिरहेको जनाउँदै प्रभावित यात्रुसँग माफी मागेको छ ।

एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले केबिन क्रूको टोलीले मंगलबार राति बिरामी भएको रिपोर्ट गरेको परिणाम स्वरूप उडानमा ढिलाइ र रद्द भएको बताए । घटनाका कारणहरू बुझ्नका लागि चालक दलका सदस्यसँग एयर इण्डिया एक्सप्रेसको टोलीले छलफल गरिरहेको छ ।

यस्तै, घटना अप्रिल १ मा भिस्तारा एयरले पनि सामना गर्नु परेको थियो । त्यसबखत पाइलट विरामी भएकाले सयभन्दा बढी उडान प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट