रणवीरले श्रीमती दीपिकासँगको विवाहका सबै फोटो हटाए-Sutra News

रणवीरले श्रीमती दीपिकासँगको विवाहका सबै फोटो हटाए

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्रामबाट श्रीमती दीपिका पादुकोणसँगको विवाहका तस्बीर हटाएका छन् ।



प्रशंसकहरूले रणवीरको सामाजिक सञ्जालमा विवाहको तस्बीर नदेखेको भन्दै प्रतिक्रिया दिएका थिए । भारतीय सञ्चार माध्यममा रणवीरले यी तस्बीरहरू डिलिट गरेका छन् ? वा अभिलेखमा राखेका छन् ? भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

दीपिकाको इन्स्टाग्राम ह्याण्डलमा भने विवाहका सबै तस्बीर देखिएको छ । रणवीर र दीपिकाले ६ वर्षअघि विवाह गरेका थिए । यी दुईले इटालीको लेक कोमोमा १४ नोभेम्बर २०१८ मा कोन्कणी रितीरिवाजअनुसार विवाह गरेका थिए । विवाहअघि दुवैले ६ वर्ष एक अर्कालाई डेट गरेका थिए ।

सन् २०१२ मा फिल्म ‘गोलियों की रासलीला-रामलीला’को सेटमा उनीहरू घनिष्ठता भएका थिए । जुन उनीहरूको पहिलो फिल्म थियो।

‘गोलियों की रासलीलाः रामलीला’बाहेक उनीहरूले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ जस्ता फिल्ममा एकसाथ काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट