रसुवाका एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत-Sutra News

रसुवाका एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । नेकपा एमाले रसुवाको नौ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।



मंगलबार सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्बा तामाङ, सहसचिवमा चमेली गुरूङ र शुकबहादुर थोक्रासमेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् ।

दुई दिन चलेको बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधिले समूहगत छलफल तथा प्रस्तुत गरेर टिप्पणी तथा सुझाव समेटेर पास गरी नेतृत्व चयनमा छलफल गरेका थिए ।

जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले पत्रकारलाइ जानकारी दिए ।

अधिवेशनलाइ पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुञ्चेमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट