सहकारी ठगीका आराेपित दिपेश पुन धरौटीमा रिहा-Sutra News

सहकारी ठगीका आराेपित दिपेश पुन धरौटीमा रिहा

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणका आराेपित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका दीपेश पुन रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक साता शुक्रबार पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।



जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले जानकारी दिएका छन् ।

अदालतले एक साताअघि नै पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएकाे थियाे । तर, रकम जम्मा नगरेपछि पुन पुर्पक्षका लागि जेल चलान भएका थिए ।

तर, पुनले आज भने रकम जम्मा गरेर कारबाट मुक्त बनेका छन् ।

पुन सुन तस्करी प्रकरणमा पनि मुछिएका छन् । उनीमाथि प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले छानबिन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट