उड्न लागेको कतार एअरवेजको जहाजमा धुँवा देखिएपछि…-Sutra News

उड्न लागेको कतार एअरवेजको जहाजमा धुँवा देखिएपछि…

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुँवा देखिएको छ ।



त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले विमानको पुच्छरमा सामान्य धुँवा देखिएको जानकारी दिए । विमान नेपालबाट दोहा उड्ने तयारीमा थियो ।

विमानले उडान भर्नका लागि पुसब्याक गर्दा धुँवा देखिएको हो । ‘अहिले अवस्था सामान्य भइसकेको छ, त्यत्ति ठूलो कुरा होइन,’ प्रवक्ता झाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट