जसपा फुटेपछि प्रचण्डविरुद्ध खनिए बाबुराम-Sutra News

जसपा फुटेपछि प्रचण्डविरुद्ध खनिए बाबुराम

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको विषयमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । उनले प्रचण्डबाट संसदीय व्यवस्थाको नाङ्गो नाच प्रस्तुत भएको आरोप लगाएका छन् ।



तत्कालिन संयुक्त जनमोर्चाको तर्फबाट संसदीय व्यवस्थाविरुद्ध अभियान चलाउँदा संसदीय व्यवस्थालाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’को रुपमा अथ्र्याइएको स्मरण गर्दै भट्टराईले अहिलेको अवस्था त्यस्तै भएको बताए । प्रचण्डको खेलबाट माक्र्सवादीहरुलाई नै लज्जित बनाएको भट्टराईको भनाई छ ।

“अहिले त्यत्रो वलिदानीपूर्ण संघर्षपछि आफैले संविधानसभामार्फत संस्थागत गरेको पुरानो संसदीय व्यवस्थाभन्दा माथि उठेको मिश्रित प्रकृतिको प्रतिनिधिसभा र प्रदेशसभाहरूमा जनयुद्धका सर्वोच्च कमाण्डरले नै सरकारको नेतृत्व गरेको वेला भैरहेको सांसद किनवेच, धाकधम्की, पार्टी टुटफुट, संविधान र कानूनको अपव्याख्या र बलात्कार आदि नांगो नाच देख्दा सेतै दाह्रीवाला बुढा मार्क्सले आज आफ्नो जन्मदिन ९मे ५० मा ब्रह्माण्डको कुनै कुनाबाट के भनिरहेका होलान् ?”, भट्टराईले प्रश्न गरेका छन् ।

आइतबार अशोक राई नेतृत्वमा जसपाका नेताहरुले निर्वाचन आयोगमा बेग्लै दल दर्ताका लागि निवेदन दिएका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेला राईले अप्रत्यासितरुपमा उक्त निर्णय गराएका थिए । जुन निर्णयलाई राई पक्षले सरकारको स्थायीत्वको लागि चालिएको कदम भनेको छ ।

राई पक्षका अनुसार यादव वर्तमान सत्ता गठबन्धन भत्काएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा थियो । जुन घटना हुन नदिन विद्रोह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट