सर्वाेत्तम सिमेन्टको ५औं वार्षिक साधारणसभा सम्पन्न-Sutra News

सर्वाेत्तम सिमेन्टको ५औं वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । १२ वैशाखमा रुपन्देहीको सिद्धार्थ नगरपालिकाको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा साधारणसभा सम्पन्न भएको हो ।



साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष (आव) ०७९/८० को नाफा नोक्सानसहित सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस्तै आव ०८०/८१ को लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । यस्तै कम्पनीले आफ्नो चुक्ता पूँजीको १५ (कर सहित) प्रतिशत नगद लाभाँस बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

साधारणसभाबाट संस्थापक सेयरधनी समूहबाट विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट शिवसिंह कार्की सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै साधारणसभाबाट स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाललाई मनोनित गरेको छ ।

साधारणसभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै सञ्चालक समिति, सेयरधनीलगायतलाई धन्यवाद दिँदै विभिन्न चुनौतीको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाए ।

उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङ्‍कर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट