२४.५८ अंकले बजार घट्दा १९६ कम्पनीका लगानीकर्तालाई घाटा-Sutra News

२४.५८ अंकले बजार घट्दा १९६ कम्पनीका लगानीकर्तालाई घाटा

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन नै शेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै बजार १९७४.३७को बिन्दुमा झरेको छ । समग्रमा बजार १.२३ प्रतिशतले घटेको छ ।



आइतबार नेप्सेका सबैजसो सूचक राताम्मे बने । विकास बैंक, उत्पादन तथा प्रशोधन र वित्त क्षेत्रका कम्पनीहरु घाटामा गए ।

यस दिन कारोबारमा आएका २४५ कम्पनीमध्ये १९६ कम्पनीका लगानीकर्ताले नाफा गुमाए । बजार घटेको भएपनि यस दिन ४२ कम्पनीका लगानीकर्ताले सामान्य नाफा कमाएका छन् । जसमा लघुवित्त र निर्जिवन बीमा क्षेत्रका लगानीकर्ता छन् ।

नेप्से घटेसँगै बजारमा कारोबार रकम पनि घटेको छ । यसअघिको तुलनामा कारोबारमा केही सुस्तता छाएको छ ।

आइतबार ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँको कारोबार भयो । यसदिन सर्वाधिक नेपाल फाइनान्स कम्पनी लिमिटेड, हिमालयन डिष्ट्रिलरी, पोखरा फाइनान्सलगायतको कारोबार उच्च भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट