बढ्यो सुनचाँदीको मूल्य-Sutra News

बढ्यो सुनचाँदीको मूल्य

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । मूल्यबृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ९५० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै सोमबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पछिल्लो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा तिव्र उतारचढाव भइरहेको छ । अन्तराष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।

मूल्यमा भइरहेको उतारचढावको प्रभाव किनबेचमा पनि परेको छ । महासंघका अनुसार तिव्र उतारचढावसँगै किनबेचमा धेरै कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट