उतारचढावका बीच फेरि बढ्यो सुनचाँदीको मूल्य-Sutra News

उतारचढावका बीच फेरि बढ्यो सुनचाँदीको मूल्य

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । सोमबारको तुलनामा मंगलबार केही सयले घटेको मूल्य फेरि बुधबार बढेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । मूल्य बढेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढिरहँदा चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको उतारचढावको प्रभाव स्थानीय बजारमा परेको परेसँगै मूल्य घटबढ भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट