sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

कहाँ वर्षा हुन्छ कहाँ हुँदैन ? यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

कहाँ वर्षा हुन्छ कहाँ हुँदैन ? यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सुत्र न्यूज

३० भाद्र २०७८
  • 710
    SHARES
  • काठमाडौं- आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।

    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     तीन दिनको मौसमको पूर्वानुमान

    २०७८ भाद्र ३० गते (बुधबार)

    दिउँसो: देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती: देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७८ भाद्र ३१ गते (बिहीबार)

    दिउँसो: देशभर सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ र बागमती प्रदेशका केही अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७८ आश्विन १ गते (शुक्रबार)

    दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ०६:४९:३२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.