Logo

कुखुराको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु !



एजेन्सी | फिलिपिन्समा भाले (कुखुरा) जुधाइ खेल ‘टुपाडा’ भनेर पनि चिनिन्छ | लामो इतिहास बोकेको यस खेलको प्रतियोगिता रोक्ने क्रममा भालेको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ | 

फिलिपिन्समा आयोजित गैरकानुनी उक्त प्रतियोगिताले कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगष्टमा प्रतिबन्ध लगाइएको थियो ।

उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तु लागेको थियो ।

उक्त धारिलो बस्तु भाले नियन्त्रणमा लिनेक्रममा उनको खुट्टाको नशामा लागेको प्रहरीको भनाई छ | प्रहरी अधिकारीले भने ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृत्त घोषित गरिएको थियो ।’

घटनामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ | उक्त प्रतियोगिता अहिले पनि प्रहरीको आँखा छलेर खेलाउने गरिएको छ |

 

 

आक्रमण कुखुरा

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १३:३०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट