Logo

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित



काठमाडौं, १९ चैत-प्रतिनिधिसभा नियमावली मस्यौदा २०७९  पारित भएको छ । मस्यौदा समिति सदस्य रमेश लेखकले पेश गरेको मस्यौदा प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

सत्तारुढ दलले सभामुखलाई कस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने संशोधन प्रस्ताव फिर्ता लिएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत दलका सांसदले सभामुखको अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउने प्रस्ताव राखेका थिए ।

प्रतिनिधिसभा नियमावली बनाउन राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको नेतृत्वमा समिति गठन भएको थियो । नियमावली पारित भएसँगै संसदीय समिति गठन प्रक्रियाको बाटो खुलेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १८:१५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113